२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र



अ+ अ-

रामेछाप। मङ्गलवार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी तीव्र बनाइएको हो ।

मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६, स्थित त्रिवेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने आठ जना घाइते र तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ,  लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका वर्ष २४ का विशाल सुनुवार रहेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिनुभयो । रासस