२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह



अ+ अ-

काठमाडौँ।  सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने  अभियान सुरु गरेको छ ।

“आधारहिन हल्ला र भ्रममा नलागौँ । अरुका कुरा सुनेर आफ्ना बालिकाको स्वास्थ्यसँग खेलवाड नगरौँ । आफ्नो स्वास्थ्यको संरक्षणका लागि खोप लगाऔँ”, अध्यक्ष प्रा डा अधिकारीले भन्नुभयो, “एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभाग, नेपालबाट स्वीकृत सुरक्षित खोप हो ।”
अभियानअन्तर्गत गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ ।  अध्यक्ष डा अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गर्नुभयो ।

“विफरले बर्सेनि धेरै व्यक्तिको ज्यान लिएको थियो । पोलियोले धेरै बालबालिकालाई जीवनभरका लागि अपाङ्गता बनाएको थियो । लहरे खोकी, डिफ्टेरिया, टिटानस जस्ता रोगले हाम्रो बाल मृत्युदर  उच्च बनाएको थियो । आज ती रोगहरू नदेखिनु संयोग होइन । यो खोपको सफलता हो,” उहाँले भन्नुभयो, “खोप भनेको रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिनु हो ।”

वर्षौँ देखिको प्रयासपछि नेपालले एचपिभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट हाम्रा छोरी–नातिनीहरूको भविष्य सुरक्षित गर्ने बताउनुभयो । अभियानअन्तर्गत सरकारले तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने छ ।