२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्प्रदायिक विद्वेष नफैलाउन निर्वाचन आयोगको आह्वान



अ+ अ-

काठमाडौँ।  निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न निर्देशन जारी गरेको छ ।

आयोगले आज जारी गरेको ६४ बुँदे निर्देशनमा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई पाङ्ग्रे्रे वा तीन पाङ्ग्रे्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोगबाहेक अन्य सवारीसाधन र घोडा प्रयोग नगर्न निर्देशन दिएको छ ।

कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार नगर्न पनि निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ एम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटबाहेक प्रसारण गराउन नहुने आयोगको निर्देशन छ । राजनीतिक दल वा उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा  चार कोलम (पच्चीस सेन्टिमिटर उचाई) सम्मको आकारमा कुनै एउटा पत्रिकामा भन्दा बढी प्रचार सामग्री छपाउन नहुने निर्देशनमा उल्लेख छ ।

प्रचारप्रसार निषेध अवधि सुरू हुनुभन्दा अगाडि मतदानस्थलको ३००  मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनु पर्ने, प्रचारप्रसार निषेध अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर वा प्रतिक्रिया गर्न वा गराउन नहुने निर्देशन दिइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन वा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने निर्देशन दिइएको छ । सभा, जुलुस, ¥याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिएपश्चात सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामग्रीहरू अनिवार्य रूपमा सङ्कलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन प्रचारप्रसार, सभा जुलुस वा ¥याली वा घरदैलो कार्यक्रम गर्दा प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न नहुने, हरित निर्वाचनलाई सहयोग पुग्ने गरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने, निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि गठित विभिन्न समितिमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय बैठकमा आमन्त्रण गरिएका बखत सहभागी हुन पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचनसम्बन्धी प्रचलित कानूनी व्यवस्था एवं निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन गरेको पाइएमा लिखित वा मौखिक वा सामाजिक सञ्जाल वा विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्न पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता, २०८२ एवं प्रचलित निर्वाचन कानुनमा नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयबारे जानकारी गराई जनस्तरबाटै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित निर्वाचनको वातावरण तयार गर्न सहयोग गर्न  र फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा बुँदामा लेखिएका विषय सम्पादन गर्न गराउन सबै राजनीतिक दल र दलका उम्मेदवारलाई समेत आयोगले अनुरोध गरेको छ ।  रासस