२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई



अ+ अ-

सुनसरी। छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ ।

धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको ६३औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा राईले गरेको गोल खेलको निर्णायक बन्यो ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड लगातार दोस्रोपटक उपविजेता बनेको हो भने पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेड भने बुढासुब्बा गोल्डकपको विजेता बन्न सफल भएको छ । उपाधिसँगै प्लानिङ ब्वाइजले रु १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेको छ । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका पूजन थापा घोषित भए । थापालाई रु १० हजार प्रदान गरियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित हुँदै एक थान स्कुटर प्राप्त गरे । उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाइजका योगेश धिमाल तथा उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की तथा उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अभियोमी घोष भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका प्रतापसिंह राई, झापा–११ का एरोन थापा र राजेश दाहाल घोषित हुँदै जनही रु १२ हजार पुरस्कार पाए । रासस