२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता



अ+ अ-

जर्मनी। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता भएको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिनु भएको हो ।

“दुवै पक्षले दुई राष्ट्र प्रमुखहरूद्वारा गरेको महत्त्वपूर्ण सहमति संयुक्त रूपमा कार्यान्वयन गर्नु पर्ने बताउदै सन् २०२६ लाई चीन र अमेरिका। आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगको दिशामा अगाडि बढ्ने बर्ष हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने र सीले यस वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको घोषणा गरेपछि यो भेटवार्ता भएको जनाइएको छ ।

पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले अप्रिलमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने बताउनु भएको छ ।

यस अघि फेब्रुअरी –४ मा ट्रम्प र सी बीच ९० मिनेटको टेलिफोन वार्ता भएको थियो ।(रासस/एएनआई)