२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय भ्यान दुर्घटनाका घाइतेमध्ये थप एकको मृत्यु



अ+ अ-

बागलुङ। बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको सङ्ख्या दुई पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएकामा आज गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो  ।

दुर्घटनाका घाइते अमन बोहोराको बिहीबार नै धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा २६ जना घाइते भएका थिए । धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत १४ जनामध्ये १२ जना उपचारपछि घर फर्किएको र दुई जनाको उपचार भइरहेको तिवारीले बताउनुभयो । अन्य आठ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । रासस