२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन आर्मी सेमिफाइनलबाट बाहिरियो



अ+ अ-

झापा। झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबसँग ४-० को फराकिलो गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाट बाहिरिएको हो ।

योसँगै मच्छिन्द्र क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन ४ गते हुने फाइनल प्रतियोगितामा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लवसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा मच्छिन्द्रका तर्फबाट स्ट्राइकर जोनाथन जोरिल्लाले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै अतिरिक्त समयमा रेजिन सुब्बाले एक गोल थपे ।

खेलको ‘प्लेयर अफ दी म्याच’ मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भएका छन् । उनले रु २५ हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ । प्रतियोगिताभर प्लेयर अफ दी म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीले प्रदान गर्दै आएका छन् ।

प्रतियोगितामा विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही रु ३५ हजार पाउने आयोजकले जनाएको छ । फाइनल खेल फागुन ४ गते हुने आयोजकले जानकारी दिएको छ । रासस