२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ



अ+ अ-

सिरहा। सिरहा प्रहरीले मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतको विहार, मधुवनी जिल्लाका २१ वर्षीय मोहमद नजरुल मियाँलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

मियाँको साथबाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उहाँले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ शङ्कास्पद रूपमा आइरहेका मियाँले ब्राउन सुगर लुकाइछिपाइ ल्याएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका मियाँलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सिरहा प्रहरीले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार र बिक्रीवितरण विरुद्ध कडा निगरानी बढाउँदै आएको छ ।  रासस