२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा संवेदनशीलता विश्लेषण गरी प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनको समयमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।

आज प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयबारे प्रहरी कर्मचारीहरूलाई निर्देशन तथा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सो निर्देशन दिनुभएको हो ।

उहाँले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवं सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आआफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरूप्रति गरिने आचरण, व्यवहारप्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

निर्वाचनको समयमा थप मद्दतको रूपमा खटिएर आउने प्रहरी कर्मचारीको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । रासस