४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्नः द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिवद्धता

नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्नः द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिवद्धता
अ+ अ-

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

चन्द्रागिरीमा सम्पन्न बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पु¥याउने अपेक्षा गरिएको छ । सन २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो । बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवद्र्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीटुबी सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका थिए । सहभागीहरूले नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकका क्रममा नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानूनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै नेपालको उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधी लगायतका विविध क्षेत्रमा कतारी लगानीको लागि आग्रह गरेको छ । साथै, बैठकमा नेपाली टोलीले नेपालमा कतारी लगानीका लागि आवश्यक सहजिकरण गर्न तयार रहेको र नेपाली व्यवसायीहरूलाई पनि कतारमा सेवा क्षेत्र, पर्यटन–सम्बद्ध उद्योग, सीप विकास तथा साना तथा मझौला उद्यममा अवसर खोज्न आग्रह गर्दै संयुक्त उद्यमको सम्भावनामा जोड दिइएको छ ।

यस्तै कतारी प्रतिनिधि मण्डलले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्न आफहरु इच्छुक रहेको धारणा राखेका थिए । उनीहरुले नेपाल साच्चिकै सुन्दर रहेको र नेपालमा धेरै क्षेत्रमा लगानीको सम्भावना रहेकोले सहकार्य गर्न सकिनेमा जोड दिएका थिए ।

बैठकमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पु¥याउने बताउनु भयो । नेपालको निजी क्षेत्रको छाता संगठनका रूपमा महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवद्र्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद तथा संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउनेतर्फ महासंघ निरन्तर सक्रिय रहने पनि बताउनु भयो । अध्यक्ष ढकालले कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको नेतृत्वलाई महासंघको आगामी वार्षिक साधारण सभा नीति निर्माता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष संवादको प्रभावकारी मञ्च हुने बताउँदै साधारण सभामा सहभागी हुन आमन्त्रण गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–कतार संयुक्त व्यवसाय परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधीमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरेमा नेपालमा कतारी लगानीको लागि पहल गर्ने बताउनु भयो ।

उहाँले यसका लागि जेबीसीको भस्मिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । “यस संयुक्त व्यवसाय परिषद्लाई परिणाममुखी बनाउन अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ । नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार छन् ।” उहाँले भन्नुभयो । 

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले संयुक्त व्यवसाय परिषद्लाई नेपाल–कतारबीचको दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गदै लैजानु पर्ने बताउनु भयो । उहाँले पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको उल्लेख गर्नु भयो ।

नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्णसँग भेटवार्ता समेत गरेको थियो । भेटका क्रममा नेपाल–कतार द्विपक्षीय लगानी प्रवद्र्धन, व्यापार विस्तार, सरकार–सरकार तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्य हवाई कनेक्टिभिटी लगायतका विषयमा  छलफल भएको थियो ।

जेबीसीको बैठकले नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत रूप दिँदै आगामी दिनमा व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।