१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी
अ अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि आज नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यान) र एक्सट्रिम इनर्जी डिंक्सबीच सम्पन्न दुई वर्षे सम्झौता अनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अङ्कित नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी र क्यान पदाधिकारीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले नयाँ जर्सी सार्वजनिक गर्नुभएको हो ।

एक्सट्रिम इनर्जी ड्रिङ्क्सले विज्ञप्तिमार्फत नेपाली महिला क्रिकेटका लागि सहकार्य गर्ने जानकारी गराएको छ । “जर्सी प्रायोजनमार्फत खेलाडीलाई प्रोत्साहन हुने आत्मविश्वास बढ्ने र व्यावसायिक वातावरण बन्ने अपेक्षा छ”, विज्ञप्तिमा उल्लेख छ  ।

सदस्य सचिव मेहताले खेलकुदमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो । क्यानका सचिव पारस खड्काले नेपाली महिला क्रिकेटले केही समययता प्रभावशाली प्रदर्शनी गर्न थालेको बताउँदै यस्ता प्रायोजनले खेलाडीमा उत्साह बढ्ने बताउनुभयो ।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारतमा हुन गइरहेको पुरुष टि २० विश्वकपमा क्रिकेट हेर्न मुम्बई पुग्ने नेपाली दर्शकका लागि पनि दुई हजार थान जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ । रासस