१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैनः स्वास्थ्यमन्त्री गौतम

यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैनः स्वास्थ्यमन्त्री गौतम
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताउनुभएको छ ।

बुधवार स्वास्थ्य बीमा सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री गौतमले स्वास्थ्य विमा कार्यक्रमलाई सहज रुपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरुले साथ नदिएको गुनासो पनि गर्नुभयो ।

नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर भनेकाले सरकारले ९८ वटा औषधि निशुल्क वितरण गर्ने व्यवस्था गरेको भएपनि विद्यमान विमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरुले त्यसलाई हटाउने गरी कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरुले सहयोग नगरेको मन्त्री गौतमको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कार्यक्रम यसरी चल्न सक्दैन । नेपालको संंविधानले यो सबैको जानकारीका लागि राष्ट्रिय योजना  आयोग, वित्त आयोगका पनि हुनुहुन्छ । उहाँहरुका लागि म राख्न चाहन्छु–नेपालको संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य निःशुल्क दिने भनेर भनेको छ । र, त्यो अनुरुप ९८ किसिमका औषधिहरु ऐनले नै तोकेर यस्तायस्ता किसिमका सेवा निःशुल्क दिने भनेर त्यसको स्ट्यान्डर्ड बनाएर त्यो निशुल्क दिनुपर्छ । त्यसका लागि विमा गराउनु हुँदैन, पाइँदैन । हाम्रो बुझाई हो यो । तर त्यो विषय पनि हाम्रो बीमामा समेटिएको छ । जसले गर्दा दोहोरो घाटा छ । एकातिर विमितले निशुल्क पाउनुपर्ने सेवा बीमाबाट निःशुल्क पाउनुपर्ने आधारभूत सेवाबाट काटिन्छ । जुन नकाटिनुपर्ने हो । त्यो निःशुल्क पाउनुपर्ने हो । जसको लागि अनुदान स्वरुप स्वास्थ्य मन्त्रालयले पैसा पठाई राखेको छ । त्यो ऐनमा नै परेको विषय भएकाले ऐन संशोधन गर्नु प¥यो भनेर स्वास्थ्य मन्त्रालयले धेरै छलफल गरेर, विदाका दिनमा पनि धेरै छलफल  गरेर रातदिन नभनी काम गरेर ऐन संशोधनको मस्यौदा पठाएर यसलाई अध्यादेशकै रुपमा भएपनि ल्याउ भनेर भन्दा हाम्रै मन्त्रालयबाट सुधारका कामहरु अडकाईंन्छन् । र आज यहाँहरु भन्नुहुन्छ–स्वास्थ्यले पोलिसी ल्याएन ।’

त्यस अवसरमा मन्त्री गौतमले स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने स्वास्थ्य सम्बन्धि बजेट समेत अर्थ मन्त्रालयले नदिएको तथ्य पनि स्मरण गराउनु भयो ।