१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति

आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभुत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।

बुधवार आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिक उत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले ती सम्पदाको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ । उहाँले अधिकार कार्यान्वयनका लागि सरोकारवालाबीच सहकार्य र स्पष्ट इच्छाशक्ति आवश्यक रहेको बताउँदै आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैली विस्थापित हुन नदिन संवेदनशीलता अपनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘आदिवासी जनजाति समूहको आफ्नै विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति रहेको छ । यी सम्पदा हाम्रा राष्ट्रिय गौरवका आधारस्तम्भ हुन् । यसको जगेर्ना र संवद्र्धन गर्दै  राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानलाई अविछिन्न राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो । संविधानले प्रत्याभूत गरेका अधिकारहरु व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन हुनु आजको मुख्य चुनौती हो । यसका लागि सरोकारवालासँगको सहकार्य र इच्छाशक्ति आवश्यक छ ।  आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई अझ सशक्त बनाउँदै अधिकारलाई व्यवहारमा अनुभूत हुने अवस्था सिर्जना गर्नुपर्दछ । विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैलीले विस्थापित नहोस् भन्ने संवेदनशीलता कायम राख्नुपर्दछ । नीति निर्माण, स्रोत साधनमा पहुँच र न्यायपूर्ण विकास प्रत्रियामा आदिवासी जनजातिको संलग्नता सुनिश्चित गर्न आयोगले पहल गर्नुपर्दछ ।’

उहाँले नीति निर्माण, स्रोत–साधनमा पहुँच तथा न्यायपूर्ण विकास प्रक्रियामा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न आयोगले सक्रिय पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।