१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

एआईको दुरुपयोग गरी ‘सूर्य’ चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो, संलग्नलाई कारबाही गरियोस्ः एमाले

एआईको दुरुपयोग गरी ‘सूर्य’ चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो, संलग्नलाई कारबाही गरियोस्ः एमाले
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ ।

पार्टीले बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन लक्षित गतिविधिमा प्रविधिको गैरजिम्मेवार प्रयोग र भ्रामक प्रचारप्रति आपत्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि, प्रचार–प्रसारका शैलीमा प्रविधिको गैरराजनीतिक र गैरजिम्मेवार ढंगले प्रयोग भइरहेको भन्दै पार्र्टी त्यसको विरोधमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचन आचारसंहिता, लोकतान्त्रिक मूल्य–मान्यता र मर्यादाको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको आरोप पनि लगाउनु भयो । त्यसैगरी, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज, अमर्यादित र असभ्य शब्द प्रयोग गरिएको सामग्रीप्रति आपत्ति जनाउँदै उहाँले  त्यसको भत्र्सना र निन्दा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियाअन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधिहरु, प्रचारप्रसारका शैली र अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक मूल्य मान्यता, मर्यादा र निर्वाचन आचारसंहिता पालनको पुर्ण सुनिश्चितता गर्न पार्टी स्पष्ट रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । प्रविधिको प्रयोग गैरजिम्मेवार र गैरराजनीतिक ढंगले भइरहेकोले नेकपा (एमाले) उक्त कार्यको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरु, तिनका उम्मेदवारहरु तथा पार्टीका निर्वाचन चिन्हको बारेमा भ्रम फैल्याउने उद्देश्यले कलाकारहरुको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमणको प्रयासप्रति नेकपा (एमामले)को गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको चुनाव चिन्ह परिवर्तन लगायतका भ्रामक समाचार सामग्रि तयार पारी प्रशारण गरी कलाकार लगायत जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ । नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य परिवर्तन भएको छ भन्नेसम्मका एआईद्वारा सिर्जना गरिएका सामग्रिप्रति हामी घोर आपत्ति जनाउन चाहान्छौँ । पार्टी अध्यक्ष एवं पूर्व  प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरि गालिगलौज, अमर्यादित र असभ्य शब्दहरुको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुनेगरी सामाजिक सञ्जालमा प्रयोग गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै कडा शब्दमा भत्र्सना एवं निन्दा गर्दछ ।’

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनु भयो ।