१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

जनताबाट अनुमोदित हुनबाट एमाले भाग्दैनः सचिव भट्टराई

जनताबाट अनुमोदित हुनबाट एमाले भाग्दैनः सचिव भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नितिगत रूपमा एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको हो ।

संसद पुनःस्थापना भएमा मुलुकले कम जोखिममा संविधान र लोकतन्त्रलाई सहज मार्गमा फर्काउन सक्ने बताउनु भयो । भट्टराईले एमाले संसद पुनःस्थापनाको पक्षमा भएपनि निर्वाचनबाट नभाग्ने पनि बताउनु भयो । जनतासामु गएर आफ्ना नीति, कार्यक्रम तथा विगतका योगदानका आधारमा पार्टीलाई जनताबाट अनुमोदन गराउन एमाले तयार रहेको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनलाई विवेकपूर्ण र संयमित ढंगले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनबाट पनि दीर्घकालीन रूपमा देशलाई स्वतन्त्र र सन्तुलित ढंगले अगाडि लैजानसक्ने नेतृत्व स्थापित हुनुपर्ने बताउनुभयो । गलत निर्णयले भविष्यमा सच्याउनै नसकिने अवस्था सिर्जना हुनसक्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामी नीतिगत रुपमा अहिले पनि संसद पुनःस्थापना हुन्छ भने यो मुलुकले सबैभन्दा कम जोखिमबाट प्राप्त गरेको संविधान र हामीले प्राप्त गरेको लोकतन्त्र सहज बाटोमा फर्किन सक्छ भन्ने मान्याता राख्छौँ । नितिगत रुपमा यो मान्यता अहिले पनि नेकपा एमालेको मान्यताको रुपमा रहेको छ । जहाँसम्म मुलुक निर्वाचनको कोर्समा गएको कुरा छ, हामी जनताको बीचमा गएर जनतासंग संवाद गरेर उनीहरुलाई आफ्ना विचार, नीति, कार्यक्रम, हिजो गरेका काम, योगदान, सेवाहरु उहाँहरुको बीचमा राखेर अनुमोदित हुने कुरामा भाग्दैनौ । एमाले भाग्दैन, भागेको छैन । यो निर्वाचनमा हामीले अत्यन्त विवेकपूर्ण हिसावले संयमतापूर्वक भोलि यो मुलुकलाई स्वतन्त्रतापूर्वक दीर्घकालिन रुपले अगाडी लैजान सक्ने, सन्तुलनकारी भुमिका निर्वाह गर्ने सक्ने र विगतको अनुभव, हिजो आफ्नो राष्ट्रहितको लागि लिएका अडानहरुमाथी उभिएर अगाडी जान सक्ने पंक्ति नै स्थापित हुनुपर्छ । दायाँवाया भयो भने एक पटकको गल्ती भनेर सच्याउन सकिँदैन । कतिपय गल्तीहरु यस्तो हुन्छ, जुन भोली सच्याउन पनि मिल्दैन । युक्रेनले गल्ती सुधार गर्छु भनेर अहिले सुधार गर्नसकेको छैन, त्यो परिस्थिति त्यहाँ बनेको छैन । त्यसैले गल्ती गर्न हुँदैन, हामीले पनि त्यही कुरा पाइरहेका छौँ । हामी काठमाडौ उपत्यकाका भित्रका १५ मध्ये अत्याधिक सिट एमालेको पक्षमा मतदान हुनेछ र हाम्रा उम्मेद्वार विजयी हुनेछन् ।’ 

उहाँले आगामी निर्वाचनमा एमालेले काठमाडौं उपत्यकामा उल्लेखनीय सफलता हासिल गर्ने दाबी समेत गर्नुभयो । उहाँकाअनुसार उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमध्ये अधिकांश सिटमा एमालेका उम्मेदवार विजयी हुने विश्वास पार्टीले लिएको छ ।