१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार
अ अ+ अ-

तनहुँ। भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो ।

खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ । मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त सुझाव समेटी एक साताभित्र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । अन्तिम डिपिआर तयार भएपछि टेण्डर प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाइने उहाँले बताउनुभयो ।

यस परियोजनालाई नगर गौरवको आयोजनाका रूपमा अघि बढाउन लागिएको हो । दीर्घकालीन प्रभाव र क्षेत्रीय महत्वलाई ध्यानमा राख्दै यसलाई बहुवर्षीय योजनाका रूपमा सूचीकृत गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष औपचारिक अनुरोधसमेत गरिएको छ । प्रस्तावित डिपीआरअनुसार यस परियोजनाअन्तर्गत करिब रु १५ करोड बराबरका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

काउरेटार कभर्डहल निर्माण शीर्षकमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ ।  करिब ४० रोपनी जग्गामा फैलिने यो परियोजनाको प्रतिवेदन फोरजी इञ्जिनियरिङ सोलुसन प्रालिले तयार गरेको हो । प्रस्तावित रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारका विभिन्न संरचना निर्माण गर्ने योजना छ । यसअन्तर्गत भलिबल, कबड्डी, बास्केटबल, टेबल टेनिस, व्याडमिन्टन, जुडो, कराते, उसु र बक्सिङका लागि छुट्टाछुट्टै कोर्ट रहनेछन् । साथै आधुनिक फुटबल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ ।

खेलकुद गतिविधिलाई जीवन्त बनाउन दर्शकको सुविधा विशेष रूपमा समेटिएको छ । कभर्डहलभित्र ३०० जना र एक हजार २०० जना बस्न मिल्ने प्याराफिट निर्माण गरिने प्रस्ताव छ । खेलाडी, प्रशिक्षक र दर्शकको सहजताका लागि शौचालय, खानेपानी सुविधा, प्रशासकीय भवन, मञ्च (स्टेज), मूल बाटोदेखि खेलमैदानसम्म पुग्ने पहुँच मार्ग तथा पक्की कम्पाउण्डसमेत निर्माण गरिनेछ ।

नगरप्रमुख त्रिपाठीले भन्नुभयो, “यो आयोजना सम्पन्न भएपछि काउरेटार क्षेत्र खेलकुद पर्यटन हवका रूपमा विकास हुने अपेक्षा गरिएको छ । यस प्रकारको आधुनिक खेलकुद पूर्वाधारले तनहुँ मात्र होइन, लमजुङ र गोरखा जिल्लालाई सेवा पु¥याउनेछ ।” आयोजना सम्पन्न गर्न तथा यसलाई बहुवर्षीय आयोजनाका रूपमा स्थापित गर्न सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्ने त्रिपाठीले बताउनुभयो ।  रासस