२७ भाद्र २०८३, शनिबार
,
Latest
कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा



अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यु–२० महिला टोली घोषणा गरेको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल यही माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा रहेका छन् ।

यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, सङ्गीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन् ।

टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ हुनुहुन्छ । रासस