१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

‘क्रिएटर्स मेला २०२६’ सुरु

‘क्रिएटर्स मेला २०२६’ सुरु
अ अ+ अ-

चितवन। डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नरही दिगो र पेसागत व्यवसाय निर्माणमा केन्द्रित गर्ने उद्देश्यसहित ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ सुरु भएको छ।

नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा आजदेखि यहाँ चितवनको होटल सिराइचुलीमा मेला सुरु भएको हो ।

डिजिटल क्रिएटर्सको ‘इकोसिस्टम’ सशक्त बनाउने उद्देश्यसहित बहु–सहर कार्यक्रमको औपचारिक सुरुआत चितवनबाट गरिएको र निरन्तर अन्य सहरमा पनि सञ्चालन हुने दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

चितवनमा पहिलो पटक आयोजना गरिएको संस्करणमा ८०० भन्दाबढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्सको सहभागिता रहेको र त्यस क्रममा समूह छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा ‘पिच टु सक्सेस’ कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आयुष्मान जोशी, क्याविनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसीलगायत वक्ता तथा कलाकारको उपस्थिति थियो ।

क्रिएटर्स मेलाअन्तर्गत यही माघ १० गते नेपालगञ्जमा, १६ र १७ गते काठमाडौँमा दुईदिने ‘फिनाले’ आयोजना गरिने जनाइएको छ । काठमाडौँ कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ रहने र जहाँ छनोट गरिएका क्रिएटर्सले नेपालका अग्रणी ‘कर्पोरेट’ नेतृत्वसमक्ष आफ्ना व्यावसायिक अवधारणाहरू प्रस्तुत गर्दै प्रत्यक्ष प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

“यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको दूरी घटाउने उद्देश्यले तयार गरिएको हो । प्रविधि, डिजिटल प्लेटफर्ममार्फत आम्दानी तथा डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समेट्दै यस मेलाले क्रिएटर्सलाई आफ्ना सिर्जनात्मक क्षमतालाई दीर्घकालीन पेसा र व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ”, नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्नुभयो ।

मेलाले नेपालको रचनात्मक अर्थतन्त्र सुदृढ बनाउने अमेरिकाको प्रतिबद्धता झल्काउने उल्लेख गर्दै उहाँले यसले ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत उद्यमशीलता र रोजगारी सिर्जनामा सहयोग गरिरहेको उल्लेख गर्नुभयो । नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावमा सीमित नराखी अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारसम्म पु¥याउने लक्ष्य रहेको हार्कर बताउनुभयो ।

सन् २०२३ मा सुरुआत भएको क्रिएटर्स मेला हाल चौथो संस्करणमा पुगेको छ । यो संस्करण पहिलो पटक नेपालमा आयोजना गरिएको हो । ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रलाई व्यावसायिक बनाउँदै नेपालभर समावेशी आर्थिक वृद्धिमा योगदान पु¥याउने अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस