१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश



अ+ अ-

काठमाडौं। सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाको ‘मोवाइल’ चुनाव चिन्हबाट उनीहरु निर्वाचनमा सहभागि हुदैछन ।

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमका बीच उनीहरुलाई पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउदै उनले एकजुट भएर निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् ।

विगत तीन दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का लोकप्रिय व्यक्तित्व तथा जागरण स्वतन्त्र मञ्चका संयोजक खगेन्द्र श्रेष्ठ र सुनसरीबाट सांसद पदका प्रत्यासी तथा लोकप्रिय युवा नेता निरञ्जन ठाकुरले आजपामा प्रवेश गरेका हुन् ।

यसैगरी, काठमाडौंबाट सांसद पदका प्रत्यासी, रेक्स ईन्टरटेनमेन्टका अध्यक्ष तथा पूर्व राष्ट्र सेवक नेपाली सेनाका सुवेदार खगेश रञ्जितले समेत आजपामा प्रवेश गरेका छन् ।

हालै विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघसंगठनसंग समेत आजपाले पार्टी एकीकरण गर्दैै २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुदैछ ।