१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो
अ अ+ अ-

बर्लिन। ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य वृद्धिमा देखिएको मन्दताका कारण जर्मनीको मुद्रास्फीति दर डिसेम्बरमा घटेर १.८ प्रतिशतमा पुगेको छ। यससँगै गत वर्ष पहिलो पटक मुद्रास्फीति २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्यांकले देखाएको छ।

जर्मनीको संघीय तथ्यांक कार्यालय (डेस्टाटिस) का अनुसार सन् २०२५ को समग्र वार्षिक मुद्रास्फीति २.२ प्रतिशत रहेको छ, जुन सन् २०२४ कै बराबर हो।

डेस्टाटिसकी अध्यक्ष रुथ ब्रान्डले भनिन्, “अघिल्ला वर्षहरूमा २ प्रतिशतभन्दा निकै माथि पुगेको मुद्रास्फीति दर अहिले स्थिर अवस्थामा फर्किएको छ।”

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा सन् २०२१ मा मुद्रास्फीति ३.१ प्रतिशत पुगेको थियो, जुन करिब तीन दशकयताकै उच्च स्तर थियो। त्यसपछि रुस–युक्रेन युद्धका कारण ऊर्जा र खाद्य मूल्यमा आएको तीव्र वृद्धिले २०२२ र २०२३ मा मुद्रास्फीति क्रमशः ६.९ प्रतिशत र ५.९ प्रतिशतसम्म पुगेको थियो।

डेस्टाटिसका अनुसार सन् २०२५ मा ऊर्जा मूल्य वार्षिक आधारमा २.४ प्रतिशतले घटेको छ भने खाद्य मूल्य २ प्रतिशतले बढेको छ, जसले समग्र मुद्रास्फीति नियन्त्रणमा मद्दत पुर्‍याएको हो। तर सामाजिक सेवा, बीमा तथा अस्पताल उपचार खर्च बढेकाले सेवाक्षेत्रका मूल्य भने वार्षिक ३.५ प्रतिशतले वृद्धि भएका छन्।

जर्मनीको संघीय आर्थिक मामिला तथा ऊर्जा मन्त्रालयले आगामी महिनाहरूमा मुद्रास्फीति दर २ प्रतिशतभन्दा अलि तल वा वरिपरि रहने अनुमान गरेको छ। मन्त्रालयका अनुसार ऊर्जा लागतमा थप गिरावट र कृषि वस्तुका मूल्य घट्नुले मूल्य वृद्धिमा केही राहत दिन सक्छ।

यद्यपि, इफो इन्स्टिच्युटले सार्वजनिक यातायात भाडा वृद्धि र न्यूनतम ज्याला बढ्नुले सन् २०२६ मा मुद्रास्फीति दबाब फेरि बढ्न सक्ने चेतावनी दिएको छ। (रासस/सिन्ह्वा)