१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान
अ अ+ अ-

काठमाडौँ। सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरेको छ ।

वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज शिवपुरी गाउँपालिका– ७ सुइरेचौर, नुवाकोटमा आयोजित एक समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार एक र सम्मानपत्र रहेको छ ।

यस्तै, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ। हमाललाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा पत्रकारितामार्फत गरेको योगदान र मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यो पुरस्कारको राशि जनही रु १५ हजार एक र सम्मानपत्र रहेको छ ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवबाट वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’ प्रदान गरियो ।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको उक्त पुरस्कार प्रदान तथा सम्मान समारोहमा पूर्वराष्ट्रपति यावदले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका अझै बढेर गएको बताउनुभयो । उहाँले वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत खेलेको भूमिका उल्ल्ेखनीय रहेको स्मरण गर्नुभयो ।

समारोहमा सम्मानित व्यक्ति आचार्यले पत्रकार सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिँदै कोही रिसाउला भनेर सत्य लुकाउन नहुने बताउनुभयो । अर्का सम्मानित व्यक्ति वस्तीले हाल पत्रकारितामा महत्त्वपूर्ण सूचना र तथ्यहहरू ख्याल ठट्टाको विषय बन्न पुगेको भन्द चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहिले स्रोतमा पत्रकारको मात्रै पहुँच हुँदा समस्या नहुने गरेको तर हाल स्रोतमा सबैको पहुँच पुगेकाले पत्रकारितामा चुनौती बढेको धारणा राख्नुभयो ।

पुरस्कृत व्यक्तिहरूका तर्फबाट बोल्दै रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा नेपालले पत्रकारिताको स्तर खस्किँदा समाजमा असर गर्ने भएकाले यसलाई आलोचनाभन्दा पनि स्तर सुधारका लागि भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाज नेपालसँग जोडिएपछि शिवपुरी क्षेत्रमा पर्यटकहरूको आवागमन बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विगतमा २५÷३० हजार पर्यटक आउने गरेकामा सम्पादक समाजसँगको सहकार्यपछि पत्रकारले लेखेका समाचारकै कारण प्रचारप्रसाद हुँदा हाल वर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिने गरेको बताउनुभयो । यहाँका नागरिकको जीवनस्तर सुधार्न कृषि र पर्यटनलाई जोडेर गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्दै खध्यक्ष थपलियाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुँजी र प्रविधिको चेपुवामा पत्रकारिता परिरहेको उल्लेख गर्दै मर्यादित बनाउने कोशिष जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिले फड्को मारिरहेको छ, तर पत्रकारिताप्रतिको विश्वसनीयता अफ्ठेरो स्थितिमा आएको छ । अबको पुस्तालाई मर्यादित पत्रकारितामा डोर्याउन सम्पादक समाजको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।”

नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष टंक पन्त, सम्पादक समाजका संरक्षक किरण वैद्य, समाजका महासचिव श्याम डोटेलले आफ्नो धारणा राख्नुभयो । रासस