४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति
फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्रोतको संरक्षण र दिगो उपयोगमा आमनागरिक र सरोकार भएका सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभएको हो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालमा माघी पर्वको दिनलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइन्छ । तीनै तहका सरकारलाई संरक्षणको जिम्मेवारी दिइएको छ, नेपाल अन्तरराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भएकाले जैविक विविधता संरक्षणको महत्व अझ बढेको छ । यस विषयमा आमनागरिक र सरोकार भएका सबै सचेत भई संरक्षण र दिगो उपयोगमा जोड दिनु आजको आवश्यकता हो ।”

संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिमा समेटेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

विभिन्न नामले मनाइने चाडपर्वको साझा सन्देश राष्ट्रियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वलाई बलियो बनाउनु रहेको भन्दै उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको अधिकार, स्वशासन र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

नेपालमा प्रत्येक वर्ष माघ १ गते विभिन्न भूगोल, समुदाय र संस्कृतिअनुसार यो पर्वलाई आ–आफ्नै मौलिक नामले उल्लासपूर्वक मनाउने परम्परा रहिआएको छ । थारू समुदायले यसलाई नयाँ वर्षको प्रारम्भका रूपमा ‘माघी’ भनी मनाउँछन् भने मगर समुदायले मौलिक नयाँ वर्षका रूपमा मनाउने चलन छ । मधेसी समाजमा ‘तिला सङ्क्रान्ति’, किरात समुदायमा राजा यलम्बरको स्मरणार्थ ‘येले संवत्’, छन्त्याल समुदायमा ‘छार म्हेङ’ नामले मनाइन्छ । नाम फरक भए पनि यसको मूल भाव भने विविधतामा एकता र सांस्कृतिक गौरवलाई उजागर गर्नु हो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई पुण्यतिथि मानेर सूर्यदेव र भगवान् विष्णुको आराधना गर्छन् । सूर्यदेवको उत्तरायण यात्रा प्रारम्भ हुने दिन भएकाले पवित्र नदीमा स्नान, दान र धार्मिक अनुष्ठान गर्ने परम्परा छ, यसरी मनाइने पर्वले विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई जीवित राख्दै सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउँदछ ।”

यस दिन दान–पुण्य गर्ने परम्पराले समाजमा सहयोग, करुणा र सहअस्तित्वको भावना जागृत गर्ने र विपन्न तथा असहायलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उहाँको भनाइ छ ।