९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा नेतृत्वको कार्य समिति भंग भएको जानकारी निर्वाचन आयोगमा गइसकेको छः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसबाट संस्थापन पक्षले निष्कासन गरेका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भइसकेको र विशेष महाधिवेशन चलिरहेको जानकारी निर्वाचन आयोगलाई पहिले नै गराइसकेको बताएका छन्।

भृकुटीमण्डपमा बन्दसत्रको क्रममा सम्बोधन गर्दै थापाले देउवा पक्षले आयोगमा पठाएको पत्र र प्रतिनिधिको औचित्य नरहेको दाबी गरे।

थापाले भने, “मलाई निर्वाचन आयोग लगायत सबै संस्थाप्रति विश्वास छ। बहुमत महाधिवेशन प्रतिनिधिहरू जम्मा भएर विधिसम्म ढंगले आएको परिणामलाई आयोगले मान्यता दिनेछ। मलाई कानून र संविधानप्रति विश्वास छ। नेपाली कांग्रेस कसैको निजी कम्पनी होइन, कसैले कसैलाई निकाल्न सक्दैन।”

उनले देउवा पक्षले सहमहामन्त्री बद्री पाण्डेलाई निर्वाचन आयोगमा धर्ना राखेर विशेष महाधिवेशन रोक्ने प्रयास गरेको आरोप पनि लगाए।

थापाले थपे, “हामीले विशेष महाधिवेशन उद्घाटनसँगै १४ औं महाधिवेशनबाट निर्वाचित कार्य समिति भंग भएको र नयाँ कार्यसमिति महाधिवेशनबाट निर्वाचित भएपछि अद्यावधिक गरिने विषयमा आयोगलाई पहिले नै पत्र पठाइसकेका थियौं। यस्तो अवस्थामा आयोगमा पठाइएको पत्रले हामीलाई अल्मल्याउने खेल मात्र भएको हो।”