९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस विभाजनतिर, दुई महामन्त्री र एक सहमहामन्त्री पाँच वर्षका लागि निष्कासित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै पार्टी औपचारिक रूपमा विभाजनतिर उन्मुख भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाहा मनसुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको हो।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै गरिएको उक्त कारबाहीपछि कांग्रेसभित्रको विवाद निर्णायक मोडमा पुगेको छ। संस्थापन समूहको निर्णयसँगै विशेष महाधिवेशन पक्षधर नेताहरूले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी थालेका छन्।