४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
अ+ अ-

एजेन्सी । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई बलियो जनसमर्थनको फाइदा उठाउँदै मध्यावधि आम चुनाव घोषणा गर्ने आफ्नो योजनाबारे जानकारी दिने तयारी गर्नुभएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

ताकाइची गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो । हाल उहाँको मन्त्रिपरिषद्ले करिब ७० प्रतिशतको उच्च अनुमोदन दर प्राप्त गरेको छ । तर सत्तारूढ गुटसँग संसद्को शक्तिशाली तल्लो सदनमा न्यून बहुमत मात्रै रहेकाले उहाँको महत्त्वाकांक्षी नीतिगत एजेन्डा अघि बढाउन चुनौती उत्पन्न भएको छ ।

जापानी व्यापार दैनिक निक्केई सिम्बुनले सरकार तथा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको बैठकमा ताकाइचीले जनवरी २३ मा तल्लो सदन विघटन गर्ने आफ्नो मनसायबारे पार्टीका वरिष्ठ अधिकारीहरूलाई जानकारी गराउने बताएको छ । यस कदमले सत्तारूढ दलको सिट सङ्ख्या बढाउने लक्ष्यसहित आकस्मिक आम चुनावको बाटो खोल्ने जनाइएको छ ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले पनि ताकाइचीले आफ्नो योजनाबारे वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बैठक समन्वय गरिरहनुभएको जानकारी दिएको छ । टेलिभिजन असाहीका अनुसार एलडिपीका प्रभावशाली नेताहरू र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीका सदस्यहरूसँगको बैठक बुधबार ढिलो हुने अपेक्षा गरिएको छ ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले यस विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गर्दै यो ‘प्रधानमन्त्रीले गर्ने निर्णय’ भएको मात्र बताउनुभएको छ ।

यदि ताकाइचीले नियमित संसद् सत्रको सुरुआतको दिन अर्थात जनवरी २३ मा तल्लो सदन विघटन गर्नुभयो भने आम चुनावको सम्भावित मिति फेब्रुअरी ८ मा हुने विभिन्न जापानी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् । संसद् विघटन र चुनावबीचको समय छोटो राखेर आगामी आर्थिक वर्षको बजेट विधेयकमाथि हुने संसदीय बहसमा चुनावको प्रभाव न्यून राख्ने उहाँको रणनीति रहेको योमियुरी पत्रिकाले जनाएको छ ।

ताकाइचीको मन्त्रिपरिषद्ले अप्रिल २०२६ देखि सुरु हुने वित्तीय वर्षका लागि एक हजार २२३ खर्ब येन ९करिब सात खर्ब ६८ अर्ब अमेरिकी डलर० को बजेट स्वीकृत गरिसकेको छ । उहाँले मुद्रास्फीति नियन्त्रण गर्न र विश्वको चौथो ठूलो अर्थतन्त्रलाई स्थायित्व दिन यो बजेटलाई सकेसम्म चाँडो संसद्बाट पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ताकाइची अल्पसङ्ख्यक सरकारको प्रमुखका रूपमा निर्वाचित हुँदा पछिल्ला केही वर्षमा जापानको पाँचौँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको नेतृत्वमा एलडिपी र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले नोभेम्बरमा तीन सांसद एलडिपीमा सामेल भएपछि तल्लो सदनमा पुनः बहुमत हासिल गरेको हो । यद्यपि माथिल्लो सदनमा सत्तारूढ गुट अझै अल्पसङ्ख्यकमै रहेको छ ।

मिडियाका अनुसार ताकाइचीले ठूलो बहुमत प्राप्त भएमा थप ‘सक्रिय’ वित्तीय खर्चसम्बन्धी आफ्नो एजेन्डा कार्यान्वयन गर्न सजिलो हुने र चीनसँगको कूटनीतिक गतिरोध तोड्न पनि सहयोग पुग्ने अपेक्षा राख्नुभएको छ ।