९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको हैसियतमा मैले धेरै आलोचना खेपेर भएपनि, मैले विषै पिईदिए: गृहमन्त्री अर्याल



अ+ अ-

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताउनुभएको छ ।

बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

दलिय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उहाँको दाबी छ । उहाँले वर्तमान संविधानलाई यथावत कायम गर्नको लागी पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकोले निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्रोहपछि पनि यो संविधान यथावत् रुपमा बहाली हुनुपर्छ । विद्रोहले गर्दा तत्कालिन अवस्थाको संवैधानिक सरकारको म्याण्डेडबीचमा भंग भइसकेपछि र प्रतिनिधि सभाको म्याण्डेड बीचमा भंग भइसकेपछि पनि फेरि संवैधानिक व्यवस्था त्यही बहाली हुनुपर्छ । त्यही नै सुचारु हुनुपर्छ । संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्छ भन्ने व्यवस्था संविधानमा छ । त्यो चुनाव गराउने र चुनाव गर्दाखेरि पनि कनै दलिय पक्षधरता नभएको स्वतन्त्र व्यक्तिहरुको सरकारले जसमा पुर्व प्रधानन्यायधीश सुशिला कार्की नै प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ । निष्पक्षताको, स्वतन्त्रताको प्रतिकको रुपमा मानिन्छ पुर्व प्रधानन्यायधीशलाई । निष्पक्ष सरकारको जन्म भएको छ, यसले चुनाव मात्रै गराउँदैन, निष्पक्ष चुनाव गराउँछ । दलिय पक्षधरताबाट मुक्त भएको निष्पक्ष धाधलीरहित चुनाव गराउँछ ।’

उहाँले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको बताउनु भयो । हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्नुहुँदै उहाँले यसलाई निन्रन्तरता दिने बताउनु भयो । उहाँले वर्तमान सरकारले सबैलाई समान व्यवहार गर्ने पनि जानकारी दिनुभयो । उहाँले आफूले जोखिम लिएर भएपनि प्रहरीको मनोबल बढाउन काम गरेको बताउनु भयो । गृहमन्त्रालयमा केही व्यक्तिहरुले हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना समेत गरिएको उहाँको भनाई छ । उहाँले आफूले आलोचना सहेर नै मन्त्रालय र सुरक्षा निकायमा अनुचित हस्तक्षेप हुन नदिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार बन्नेवित्तिकै सुरक्षा फौजको मनोवल बढेको हो । नागरिकको मनोवल बढेको हो । नागरिकले सुरक्षा फौजसँग सहकार्य गर्न थाल्नुभएको हो । यसलाई हामीले निरन्तरता दिन्छौँ । यो ठुलो क्रमभंगता पनि हो । विगतमा सुरक्षा फौजलाई गृहप्रसाशनलाई दुरुपयोग पनि गरिए होला । कुनै बर्दीधारीलाई दुरुपयोग गर्दा मनोबल बढ्छ की खस्किन्छ ? पक्कै पनि मनोवल खस्किन्छ, एकाधलाई काखाँ च्याप्दा बाँकी सुरक्षाकर्मीको, कर्मचारीको मनोबल गिर्ने अवस्था हुन्थ्यो । अहिले हामीले त्यो हुन दिएका छैनौ । अहिले हामीले मनोबल बढाउनको लागी निष्पक्षतलाई पहिलो आधार बनाएका छौँ । अहिलेको सरकार अहिलेको मन्त्रीहरु हामी जोखिममा परेर भएपनि हजुरहरुको मनोबल बढाउनको लागी, मर्यादालाई अझै बढाउनको लामी हामी खडा भएका छौँ । गृहमन्त्रीको हैसियतमा मैले धेरै आलोचना खेपेर भएपनि, मैले विषै पिईदिएर भएपनि मेरो मन्त्रालय र मातहतको कुनै पनि निकायमा अनुचित हस्तक्षेप हुन दिएको छैन, कुनै पनि नाममा । पुरानो राजनितिक दलको नाममा होस् या नयाँ विद्रोहबाट आउनुभएको साथीहरु मध्ये केही जसले चाँही अकै किसिमको ईच्छा राख्नुभएको थियो । तर म आफू जोखिममा परेर भएपनि मैले त्यो खालको हस्तक्षेप हुन दिएको छैन ।’ 

उहाँले हाल जेन–जी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गर्नुभयो । उहाँले प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गर्नुभयो ।