१७ असार २०८३, बुधबार
,
Latest
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन… विश्वविद्यालय शिक्षा सुधारको अर्को फड्को: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः कर्मचारीको मृत्यु



अ+ अ-

काठमाडौँ।  आइतबार राति दक्षिणी लेबनानको बिन्त जेबैल शहरमा इजरायली ड्रोनद्वारा गरिएको हवाई आक्रमणमा एक लेबनानी सरकारी कर्मचारीको मृत्यु भएको छ ।

सरकारी सञ्चार माध्यमकाअनुसार निर्देशित मिसाइल प्रयोग गरी एउटा कारलाई लक्षित गरिएको थियो । जसमा स्थानीय बासिन्दा मोहम्मद अदेल अल सघिरको ज्यान गएको छ ।

सोही दिन इजरायली युद्धविमानहरूले लिटानी नदीको उत्तरमा ३५ भन्दा बढी हवाई आक्रमण गरी ७० वटा मिसाइल प्रहार गरेका छन् ।

जसले कफर हत्ता गाउँका दर्जनौं आवासीय भवनहरूमा व्यापक क्षति पु¥याएको छ । स्थानीय अधिकारीका अनुसार यी आक्रमणहरूले पूर्णरूपमा नागरिक बसोवास भएका क्षेत्रहरूलाई लक्षित गरेका छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल