१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू बस्तीमा माघी पर्वको तयारी तीव्र



अ+ अ-

कैलाली। थारू समुदायको ठूलो पर्व माघी पर्व आउन अब केही दिन मात्रै बाँकी छ । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारी तीव्र रूपमा भइरहेको छ ।

पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरका थारु बाहुल्य क्षेत्रमा चहलपहल निकै बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्यहरू आ–आफ्नो कामको जिम्मेवारी लिएर खटिरहेका छन् । पुरुषहरू मासुको जोहो गर्न गाउँगाउँ धाइरहेका छन्भने महिलालाई दुना, टपरी बनाउन भ्याइनभ्याइ छ ।

पर्वको तयारीका क्रममा विशेषगरी अन्डी धानको चामल, पीठोलगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइलगायतका काम धमाधम भइरहेको धनगढी उपमहानगरपालिका—४ उत्तरबेहडीका भलमन्सा जगदीश चौधरीले बताउनुभयो ।

“माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायत खानाका पकवान खाने चलन रही आएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छौँ”, उहाँले भन्नुभयो,“यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँनयाँ लुगाकपडा किनमेल गर्ने र रोजगारीका लागि विदेशिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालिसकेका छन् ।”

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायका महिलाहरुलाई भ्याइनभ्याइ छ ।  थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलालीको गोदावरी नगरपालिका—८ फकलपुरका थारू नागरिक अभियानका सदस्य माधव चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गाउँबस्तीमा रौनक बढिसकेको छ । केही दिनअघि गाउँमा भलमन्साको बैठक बसेर जिता (बङ्गुर) मार्ने, कस–कसको जिता मार्ने, गाउँमा नपुगेपछि कहाँबाट ल्याउने भन्ने जिम्मेवारी नै दिइएको छ ।”

चौधरीका अनुसार थारू समुदायको ठूलो चाड भएकाले यसको तयारीका लागि एक महिना अघिदेखि नै अण्डीको रोटी, ढिक्रीका लागि पीठो र सिद्रा जोहो गर्ने, जिता (बङ्गुर) खोज्नेलगायत काम भइरहेका छन् । थारू जातिको संस्कृति झल्कने मघौटा नाचको तयारी पनि सुरु भएको छ ।

“माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाईधुवाई गरी आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ”, चौधरीले भन्नुभयो, “आशीर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने र छुट्याइएका ती चीजमा थप परिकार थपेर घरका छोरीबेटीलाई दिने परम्परा रही आएको छ ।”

यस पर्वमा थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यस्तै, माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने तयारी पनि भइरहेका छन् ।




भर्खरै