१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको नामबाट नागरिकता



अ+ अ-

गण्डकी।  जिल्ला प्रशासन कार्यालय कास्कीले आज तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी बासिन्दा निरुता नेपालीका छोराद्वय सुजन नेपाली र दिनेश नेपाली तथा छोरी सुस्मिता नेपालीलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुुभयो ।

यसअघि अन्नपूर्ण गाउँपालिकामा गत मङ्सिर १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सञ्चालित स्थानीय तहमा शान्तिसुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुताका सन्तानको जन्मदर्ता प्रमाणपत्र तथा नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिमा समस्या भएको विषय उठान गरिएको थियो ।

उक्त विषयमा सम्बन्धित स्थानीय तहसँगको समन्वय एवम् जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा उनीहरूको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरी समस्याको समाधान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुुभयो ।

बुबाको पहिचान हुने कुनै कागजात र प्रमाण पेस हुन नसकेका अवस्थामा अन्नपूर्ण गाउँपालिका–८ बाट गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडाको मुचुल्का, प्रहरी मुचुल्का समेतका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिमका प्रमाण तथा तथ्यका आधारमा उनीहरूलाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरिएको कार्यालयले जनाएको छ । रासस