५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विदेशी चलचित्रलाई छायांकनको अनुमति मन्त्रालयबाटै दिने व्यवस्था गरिनुपर्छः सञ्चार सचिव अर्याल

विदेशी चलचित्रलाई छायांकनको अनुमति मन्त्रालयबाटै दिने व्यवस्था गरिनुपर्छः सञ्चार सचिव अर्याल
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डको स्वामित्व बाहिर रहेका पुराना चलचित्र डिजिटलाइजेशन गर्ने क्रममा देखापर्ने आर्थिक भार र प्राविधिक जटिलतालाई गम्भीर रूपमा ध्यानमा राखेर कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निजी स्वामित्वमा रहेका वा बोर्डको आधिकारिक अभिलेखमा नरहेका चलचित्र डिजिटल गर्दा खर्च, प्रविधि, अधिकार र जिम्मेवारीको स्पष्ट खाका आवश्यक हुने बताउनु भयो । उहाँले नेपाल भू–राजनीतिक दृष्टिले संवेदनशील मुलुक भएकाले चलचित्रले देशको अन्तर्राष्ट्रिय छवि र दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत प्रभाव पार्नसक्ने बताउनु भयो । उहाँले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई मुलुकको अवस्थाबारे समेत खुलस्त पार्ने उल्लेख गर्दै चलचित्रको विषय र छयांकनलाई राष्ट्रिय संवेदनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भयो । उहाँले विदेशी चलचित्र छायांकनको स्वीकृति मन्त्रालयबाट नै दिनुपर्ने व्यवस्था आवश्यक रहेको पनि बताउनु भयो । चलचित्र छायांकन हुने क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायको सहमति अनिवार्य हुँदा अनुमति प्रक्रियामा समय लाग्ने सम्भावनालाई पनि विचार गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘भूराजनीतिक हिसाबले नेपाल एकदमै संवेदनशील छ । त्यसलाई पनि हामीले हेर्नुपर्छ । चलचित्रले दुई देशबीचको सम्बन्धलाई पनि प्रभावित पार्नसक्छ । देशकै अवस्था कस्तो छ सकारात्क वा नकारात्मक भन्नेकुरा समेत यो चलचित्रले लिएर जान्छ । त्यसकारण चलचित्र छायांकन गर्ने विषय मात्रै होइन । यी सबै संवेदनशीलता हेरेर विदेशी चलचित्र छायांकनको स्वीकृति मन्त्रालयबाट हुनुपर्छ । स्वीकृति दिनको छायांकन गर्ने क्षेत्रमा सरोकार राख्ने निकायको समेत सहमति लिनुपर्ने भएको हुनाले समयमै अनुमति पाउँछ कि पाउँदैन भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । प्रक्रिया सहज हुने भएकोले स्वीकृत बोर्डबाट लिनुपर्ने व्यवस्था राख्नुपर्ने भन्दै सरोकारवाला निकायहरुले संशोधन राख्नुभएको छ । तर इजाजत लिन सजिलो हुने तर काम गर्न गाह्रो बनाउने हो भने त्यसले पनि नतिजा दिँदैन त्यसैले हामीले इजाजत पत्रलाई पनि सरल बनाउनुपर्छ । र विदेशी चलचित्रहरु नेपालमा छायांकन हुँदासम्म हाम्रो कानूननुसार नै गर्नुपर्ने हुन्छ । कानूनअनुसार काम नगरेको खण्डमा कानूनी दायरामा ल्याइहाल्नुपर्छ ।’

उहाँले विदेशी चलचित्र नेपालमा छायांकन हुँदा नेपाली कानूनको पूर्ण पालना अनिवार्य हुने स्पष्ट पार्दै कानून विपरीत काम भए तत्काल कानूनि दायरामा  ल्याउनुपर्नेमा जोड दिनुभयो । बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रको इतिहास र संस्कृतिलाई प्रतिबिम्बित पुराना तथा नयाँ चलचित्रको संरक्षणका लागि राज्यले सहयोग उपलब्ध गराउनु भयो ।