१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

चेम्बर हिरक जयन्तीका अवसरमा ‘कर्पोरेट गल्फ’

चेम्बर हिरक जयन्तीका अवसरमा ‘कर्पोरेट गल्फ’
अ अ+ अ-

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्तीको अवसरमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौँको सिनामङ्गलस्थित रोेयल नेपाल गल्फ क्लबमा आज निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुुरस्कार वितरण गरिएको थियो । विजेता खेलाडीलाई चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्षद्वय राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुुन शर्माले ७५ वर्षको चेम्बरको यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताउनुुभयो । “सात दशकभन्दा लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

संयोजक शर्माले नेपालमा खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको उल्लेख गनुृभयो । हिरक जयन्तीका अवसरमा आयोजित गल्फ प्रतियोगिताले खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमानदारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिविम्बित गर्ने उहाँको भनाइ छ ।

चेम्बरको ७५औँ स्थापना दिवस एवं हिरक जयन्तीका अवसरमा संस्थाले वर्षभरी विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।रासस