१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

आलोक स्मृति म्याराथनमा एफिएफका सन्तोष प्रथम

आलोक स्मृति म्याराथनमा एफिएफका सन्तोष प्रथम
अ अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आयोजित प्रथम आलोक स्मृति म्याराथन दौड प्रतियोगितामा एफिएफका सन्तोषविक्रम विष्ट प्रथम भएका छन् ।

जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना, प्रदेश खेलकुद परिषद् र प्रदेश एथ्लेटिक्स सङ्घ गण्डकीको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी दुई घण्टा ३५ मिनेट तीन सेकेन्डमा पार गर्दै नेपाल एफिएफका विष्ट प्रथम भएका हुन् ।

प्रतियोगितामा नेपाल आर्मीका धनु मानन्धर द्वितीय भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा ३५ मिनेट ३४ सेकेन्डमा पार गरेका हुन् । दुई घण्टा ४३ मिनेट नौ सेकेन्डमा निर्धारित दूरी पार गर्दै आर्मीकै रिखुलाल सिञ्जाली तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । चौथो र पाँचौँ स्थान हासिल गर्ने शक्तिराम रोका र पञ्चराम बुढा मगरलाई रु पाँच÷पाँच हजार प्रदान गरिएको छ ।

जिल्ला कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकालाई छुने आलोक चक्रपथ परिक्रमा गर्नेगरी म्याराथान प्रतियोगिता आयोजना गरिएको हो । कावासोती–३ बाट सुरु भएको दौडमा सहभागी खेलाडीले डण्डा, गिरुवारी, चोरमारा, कोल्हुवा, गोछडा हुँदै डण्डासम्म ४२ किलोमिटर दूरी पार गरेका थिए ।

आलोक स्मृति म्याराथन प्रतियोगितासँगै ‘दौडिन्छ नवलपुर’अन्तर्गत पुरुषतर्फ १० किमी र महिलातर्फ पाँच किमी दौड प्रतियोगितासमेत सम्पन्न भएको छ । उक्त प्रतियोगिताको पुरुषतर्फ काठमाडौँका टङ्क कार्की प्रथम, कपिलवस्तुका अजय पाण्डे क्षेत्री द्वितीय र सङ्खुवासभाका तेन्जिङ शेर्पा तृतीय भएका छन् ।

त्यस्तै, महिला पाँच किमी दौडतर्फ दाङकी सुमित्रा चौधरी प्रथम, धनगढीकी देवकीकुमारी धामी द्वितीय र बैतडीकी मञ्जु धामी तृतीय भएका छन् । पुरुष र महिला दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजारसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपाने (आलोक)को सम्झनामा २०५० सालमा आलोक चक्रपथ नामकरण गरी तीन पालिकालाई सडक सञ्जालले जोडेको थियो ।

उक्त चक्रपथ हालसम्म निर्माण हुन नसकेकाले प्रदेश तथा सङ्घ सरकारलाई ध्यानाकर्षण गराउन, चक्रपथ वरपरका धार्मिक तथा पर्यटकीय क्षेत्रको खेलका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

योसँगै नवलपुरको नमूना सदरमुकामभित्र निर्माण गर्ने भनिएको खेलकुदका संरचनामा तदारुकता नदेखाइएकाले  यस विषयलाई उठान गर्न प्रतियोगिता आयोजना गरिएको शर्माले बताएका छन् ।

पहिलोपटक आयोजना गरिएको प्रतियोगिताले म्याराथनको विकासका लागि सहयोग पुग्ने विश्वास लिइएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताएका छन् । आगामी दिनमा प्रदेशसँगको समन्वयमा प्रतियोगितालाई निरन्तरता दिँदै जाने जनाइएको छ ।  रासस