१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ: मधेस प्रदेश प्रमुख डा लाभ

मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ: मधेस प्रदेश प्रमुख डा लाभ
अ अ+ अ-

विराटनगर। मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्ने बताउनुभएको छ ।

मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित दुई दिने ‘अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५’को उद्घाटन गर्दै उहाँले सबैको सहअस्थितित्वको भावना राख्ने भएकैले मैथिली सभ्यता बलियो रहेको बताउनुभयो ।

समाजको विकाससँगै भाषा, साहित्य र संस्कृतिको पनि विकास हुने चर्चा गर्दै प्रदेश प्रमुख डा लाभले समाजमा समृद्धि ल्याउन सभ्यता र संस्कृतिको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गराउन मैथिली समाजले पनि भूमिका निर्वाह गर्नुपर्ने भन्दै स्वदेशमा रोजगारी सिर्जना भएमा युवा विदेश पलायन हुने समस्या अन्त्य हुने बताउनुभयो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले प्राकृतिक रूपमा धनि देश नेपालमा पर्यटक भित्र्याउन गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा रहेका महत्त्वपूर्ण धार्मिकस्थलको प्रचार र विकास गर्दै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आह्वान गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समयको आवश्यकतालाई महसुस गरी आउने निर्वाचनमा मैथिली भाषालाई पनि एक मुद्दाको रूपमा अघि सार्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मैथिली भाषा, संस्कृति र सम्भताको संरक्षणमा जोड दिँदै पछिल्लो समय मैथिली भाषीको सङ्ख्या कम हुँदै गइरहेकाले यसमा पनि सोधखोज हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य एवं युवा नेता जीतेन्द्र देवले मिथिला पहिचान, संस्कृति, इतिहास र सभ्यतालाई मर्न नदिन सबै लाग्नुपर्ने बताउनुभयो । मैथिली सेवा समितिका अध्यक्ष डा एसएन झाको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली एसोसिएसन नेपालका उपाध्यक्षद्वय पङ्कज बर्मा र आवा अनुपमा, मैथिली साहित्यकार रामभरोस कापरी, युवा नेता उमेश यादवलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।