१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छः मन्त्री खरेल

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छः मन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताउनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको उच्चस्तरीय वार्ताले चुनावमा जाने निष्कर्ष निकालेको उहाँले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भन्नुभयो, “एमालेका अध्यक्ष ओलीले स्पष्ट रूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भन्नुभएको छ । कांग्रेस सभापति देउवाले पनि अब संसद् पुनःस्थापना नभइ निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।”

आजको बैठकपछि चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा र चुनावमा राजनीतिक दलले भाग लिन्छन् कि लिँदैनन् भन्ने संका पनि टरेको उहाँको भनाइ थियो ।  बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि तोकिएको मिति फागुन २१ मै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको पनि प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संयोजक दाहालले निर्वाचनको लागि आफ्नो पार्टी तयार रहेको मात्रै नभइ एमालेका अध्यक्ष ओलीलाई निर्वाचनका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ, उहाँले सरकारले गरेको कामको पनि प्रशंसा गर्नुभएको छ ।”

सभापति देउवाले बैठकमा कांग्रेसको अबको एजेण्डा संसद् पुनःस्थापना नभइ चुनाव भएको उल्लेख गर्दै चुनावका लागि तयार हुन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको पनि मन्त्री खरेलले जानकारी दिनुभयो । बैठकमा फागुन २१ गते हुने निर्वाचनको समयमा मौसमले साथ नदिएको खण्डमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “फागुनमा हिउँ पर्नसक्ने वा तपाईमा हुने पर्वका कुरा पनि उठेका छन्, तर प्रधानमन्त्रीज्यूले सरकारले फागुन २१ मै निर्वाचन गर्ने म्यान्डेड छ भनेर कुरा राख्दा उहाँहरूले त्यसमा अरु कुरा गर्नुभएको छैन । सरकारको लक्ष्य चुनाव गराउने हो, यो भन्दै गर्दा भ्रष्टाचार र सुशासनका कुरा पनि सँगसँगै छ ।”

मन्त्री खरेलले फागुन २१ गते चुनाव सम्पन्न गर्ने लक्ष्यसहित त्यसमा आइपर्ने चुनौती र समस्याबारे प्रष्ट पार्दै अगाडि बढ्ने सरकारको योजना रहेको पनि सुनाउनुभयो । रासस