१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी चुनावबाट देशले जित्नुपर्छः अध्यक्ष लिङ्देन



अ+ अ-

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उहाँले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गर्नुभयो । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

देश हाल गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटतर्फ उन्मुख भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यस अवस्थाबाट निकास पाउने लोकतान्त्रिक उपाय स्वच्छ, निष्पक्ष र समयमै हुने निर्वाचन नै भएको बताउनुभयो । जनताको जनादेशमार्फत बलियो नेतृत्व स्थापित नगरेसम्म राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार नहुने उहाँको भनाइ थियो ।

राप्रपा नेता विक्रम पाण्डेले पछिल्ला वर्षमा भएका आन्दोलन, राजनीतिक अस्थिरता र निर्णयहीनताका कारण देश र जनताले ठूलो पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले लामो समयदेखि जारी अन्योलले आर्थिक गतिविधि प्रभावित हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको भन्दै संविधानअनुसारको निर्वाचन नै समस्याको समाधान भएको बताउनुभयो ।

नेता ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरताका कारण बेरोजगारी, महँगी र युवाको विदेश पलायन तीव्र बनेकाले अब जनताले मतमार्फत आफ्नो भविष्यको निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । नेतृ खुश्बु ओलीले देशको हित र पहिचान जोगाउन बलियो राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताउनुभयो । रासस