१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित

चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन
अ अ+ अ-

चितवन। जिल्लामा पहिलोपटक ज्येष्ठ नागरिकका लागि ‘डेकेयर’ तथा आवास केन्द्र सञ्चालनमा आएको छ।

आरोग्य केयर होम भरतपुरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । प्रारम्भिक चरणमा १५ जना ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्नेगरी केन्द्र सञ्चालनमा आएको हो ।

यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम, सामाजिक क्रियाकलापलगायत गतिविधि सञ्चालन गरिने केन्द्रका अध्यक्ष हीरामान महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहन गर्नु हो ।” योसँगै ज्येष्ठ नागरिकलाई परिवारबाहिर पनि सामाजिक तथा मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

केन्द्रमा फिजियोथेरापी सेवा, शल्यक्रियापछिको हेरचाह, डिमेन्सिया (६० वर्षभन्दा माथिका लाग्ने एक प्रकारको बिर्सने रोग), अल्जाइमर, पार्किन्सन रोगीको हेरचाह, पक्षघात (प्यारालाइसिस) भएका बिरामीको हेरचाह, ‘पेलियटिभ केयर’ (क्यान्सरको अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) लगायत सेवा उपलब्ध गराइने अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

हाल दैनिक रूपमा नियमित सेवा दिँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार सेवा विस्तार गर्ने योजनासमेत बनाएको केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार केन्द्र ४५ जना शेयर सदस्यको लगानीमा स्थापना गरिएको हो ।  करिब रु दुई करोडको लगानीमा पाँच कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रले प्रारम्भिक चरणमा १५ शय्याबाट सेवा सुरु गरेको छ ।

केन्द्रमा हाल १५ जना कर्मचारी कार्यरत छन्, जसमध्ये सात जना केयर गिभर (हेरचाहकर्ता) रहेका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आवासीय संरचनाअन्तर्गत १० वटा सामान्य शय्या र पाँच वटा मेडिकल क्याबिनको व्यवस्था गरिएको छ ।

सम्पूर्ण भवन अपाङ्गमैत्री संरचनाअनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि विशेषज्ञ चिकित्सकबाट अन–कल ( घरमै स्वास्थ्य सेवा) समेत उपलब्ध गराइने केन्द्रले जनाएको छ ।