१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित

सुनसरीका तीन सय सञ्चारकर्मी निःशुल्क दुर्घटना बिमामा आवद्ध

सुनसरीका तीन सय सञ्चारकर्मी निःशुल्क दुर्घटना बिमामा आवद्ध
अ अ+ अ-

सुनसरी। नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील तीन सय जना सञ्चारकर्मीका लागि निःशुल्क दुर्घटना बिमा उपलब्ध गराउने भएको छ ।

आगामी फागुन ७ गते आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहको अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

आज एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा तीन सय सञ्चारकर्मीकारु रु दुई लाख बराबरको निःशुल्क बिमा गर्नेसम्बन्धी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको रु दुई लाख बराबरको दुर्घटना बिमा गरिने छ ।

बिमा योजनाअन्तर्गत समाचार सङ्कलन (रिपोर्टिङ)को सिलसिलामा दुर्घटनामा परी घाइते भएमा रु एक लाखसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा रु दुई लाख प्रदान गरिने व्यवस्था गरिएको छ । बिमा सुविधा लिन सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चारसंस्थाको परिचयपत्र, प्रेस पास तथा सञ्चारगृहको सिफारिसपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिद्वारा आयोजना गरिएको ‘कोशी एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सुनसरीका तीन सय १४ जना सञ्चारकर्मीलाई रु एक लाख बराबरको दुर्घटना बिमा गरिएको थियो । यस वर्ष बिमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताउनुभयो ।

आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबीच बिमा सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिने उहाँले बताउनुभयो । रासस