१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित

ज्येष्ठ नागरिकका गुनासा सुन्न विशेष हटलाइन सेवा

ज्येष्ठ नागरिकका गुनासा सुन्न विशेष हटलाइन सेवा
अ अ+ अ-

काठमाडौँ। पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरकारले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, यातायात तथा सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले विभिन्न योजना सार्वजनिक गरेको छ ।

‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित एक कार्यक्रममा आज यहाँ ज्येष्ठ नागरिकमैत्री सेवा विस्तारको घोषणा गरिएको हो ।

त्यस अवसरमा ज्येष्ठ नागरिकहरूले भोग्दै आएका स्वास्थ्य समस्या तथा गुनासा सुन्न स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा ‘१११५’ नम्बरको विशेष हटलाइन सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइयो । उक्त हटलाइनमार्फत ज्येष्ठ नागरिकहरूले जुनसुकै समयमा आफ्ना स्वास्थ्यसम्बन्धी समस्या र गुनासो मन्त्रालयसम्म प्रत्यक्ष रूपमा राख्न सक्ने जनाइएको छ ।

त्यसैगरी एक महिनाभित्रै प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । विशेषगरी पशुपति वृद्धाश्रममा देखिएको एम्बुलेन्स र स्वास्थ्यकर्मीको अभावलाई सम्बोधन गर्दै आवश्यक सेवा र पूर्वाधार सुदृढीकरण गर्ने काम अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले सार्वजनिक यातायातमा थप सहजता प्रदान गर्न सुविधा र छुटको व्यवस्था गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो । यसले ज्येष्ठ नागरिकहरूको आवतजावतलाई अझ सरल र सम्मानजनक बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक, संस्कारका संवाहक र अनुभवका खानी भएको उल्लेख गर्दै उहाँहरूको संरक्षण, सम्मान र सहभागिता सुनिश्चित गर्नु राज्य मात्र नभई परिवार, समाज र सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

सरकारले विसं २०५१ पुस ११ गते पहिलो पटक ‘वृद्धभत्ता’ घोषणा गरेको दिनको स्मरणमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।रासस