१६ श्रावण २०८३, शनिबार
,
Latest
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा ३५५ प्रजातिका चरा



अ+ अ-

गुल्मी। गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।

जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो । यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न ३० प्रजातिका चरा फेला परेका उहाँले बताउनुभयो ।

नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेका छन् ।

यहाँ विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चरा रहेका भट्टराईले बताउनुभयो । ती चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । यस्तै, काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रहेको छ ।

“यहाँ नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये करिब ४० प्रतिशत चरा फेला परेका छन् । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर यस क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि वासस्थानलाई जोगाउन लाग्नुपर्ने आवश्यकता छ”, भट्टराईले भन्नुभयो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जिल्लामा धार्मिक पर्यटनसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेकाले यसको प्रचार र संरक्षणका लागि लाग्नुपर्ने बताउनुभयो । यसले पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा जीविकोपार्जनमा टेवा पुग्ने भएकाले नगरपालिकाले यसमा काम गर्ने बताउनुभयो ।

पंछी संरक्षण सङ्घले विगत १० वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।रासस