१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशको बैठक बस्न सकेन



अ+ अ-

सुदूरपश्चिम। जेनजी आन्दोलनमा क्षति पुगेको भवन मर्मत ढिलाइ हुँदा आज बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न सकेन ।

यही पुस ७ गते बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज दिउँसो २ बजेका लागि प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको बैठक सञ्चालन गर्ने समझदारी भएको थियो ।

चालु अधिवेशनअन्तर्गत पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । त्यसपछि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बैठक अनिश्चित बनेको थियो । बैठक सञ्चालन हुन नसक्दा महत्वपूर्ण विधेयकहरु माथिको कारबाही अघि बढ्न सकेको छैन । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलहरुका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आन्दोलनमा क्षति पुगेका संरचनाको मर्मत सम्भार नसकिएकोले बैठक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताउनुभयो । रासस