१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने



फाइल फोटो
अ+ अ-

किएभ। रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै हप्ताको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताउनुभएको छ।

राष्ट्रपति जेलेन्स्कीले सञ्चारमाध्यमलाई दिएको जानकारीमा भन्नुभएको छ, “यो हप्ताको अन्त्सम्म वा आइतवारसम्म फ्लोरिडामा हामी राष्ट्रपति ट्रम्पसँग बैठक गर्नेछौँ।”

अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार पारेको छ र यो प्रस्ताव अध्ययनका लागि मस्को पठाइएको छ । जेलेन्स्कीले भन्नुभयो, “हामी यी कागजात र सुरक्षा सुनिश्चितताबारे छलफल गर्नेछौँ ।”

“संवेदनशील मुद्दाहरूको लागि, हामी डोनबास र जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको बारेमा छलफल गर्नेछौँ र हामी निश्चित रूपमा अन्य मुद्दाहरूमा पनि छलफल गर्नेछाँैं,” उहाँले थप्नुभयो ।

जेलेन्स्कीले यस हप्ता भन्नुभयो, “प्रस्तावमा समावेश भएका एकाध बिषयमा किएभ र वाशिङ्गटनबीच अझै पनि असहमति रहेको छ।”

किएभले पछिल्लो योजनामा केही सहुलियतहरू प्राप्त गरेको छ । यससँगै रूसी सीमा क्षेत्रबाट सेनाफिर्ता गर्ने र किएभलाई नेटोमा सामेल हुने आफ्नो बोली कानुनी रूपमा त्याग्ने आवश्यकता हटाउने कुरा प्रस्तावमा राख्न सफल भएको छ यद्यपि। यो सको सहमतिमा भने भएको होइन ।

युक्रेनी नेताले यो योजनाले अन्ततः पूर्वी डोनेट्स्क क्षेत्रमा आफ्ना सेनाहरू फिर्ता लिने र एक असैन्यीकृत क्षेत्र स्थापना गर्ने बाटो खोल्ने सङ्केत गर्नुभयो ।

क्रेमलिनका विदेश नीतिका सहयोगी युरी उशाकोभले अमेरिकी अधिकारीसँग टेलिफोन वार्ता गरेको र वार्ताबारे छलफल गरेको क्रेमलिनले शुक्रबार जनाएको छ । यसले वार्ताबारे विस्तृत रूपमा बताएको छैन र पछिल्लो योजनाको बारेमा आफ्नो स्थिति सङ्केत गरेको छैन।

मस्कोले अहिलेसम्म युक्रेनलाई डोनबासको पूर्वी क्षेत्रबाट पूर्ण रूपमा फिर्ता लिनु र नाटोमा सामेल हुने प्रयासहरू अन्त्य गर्नु पर्ने आफ्नो कडा क्षेत्रीय मागहरू त्याग्न थोरै झुकाव देखाएको छ।

मस्कोले पश्चिमा देशहरूले युक्रेनमा शान्ति सेना तैनाथ गर्न नपाउने र व्यापक राजनीतिक र सैन्य प्रतिबन्धहरू पनि लगाउन चाहन्छ तर यसलाई किएभले यो आत्मसमर्पणको समान भएको बताउने गरेको छ।

जेलेन्स्कीले भन्नुभयो, “युक्रेनी वार्ताकारहरू मस्कोसँग प्रत्यक्ष सम्पर्कमा थिएनन्, तर संयुक्त राज्य अमेरिकाले मध्यस्थको रूपमा काम गरेको छ र पछिल्लो प्रस्तावमा मस्कोको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको छ।”

जेलेन्स्कीले भन्नुभयो, “मलाई लाग्छ हामीले आगामी दिनमा उनीहरूको आधिकारिक प्रतिक्रिया थाहा पाउनेछौँ ।” (रासस/एएफपी)




भर्खरै