८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी



अ+ अ-

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार आगामी फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने बताउनुभएको छ ।

उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलन नेपाली जनताको आवाज भएको र आन्दोलनका मागहरूलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

संरक्षक चौधरीले भन्नुभयो,“हामीले यो देशमा चाहेको परिवर्तन, सुशासन र समृद्धि हो । जेनजी आन्दोलनले पनि तिनै माग र मुद्दा अगाडि सारेका छन् । निर्वाचनको माध्यमबाट ती मुद्दा सम्बोधन गर्न सबै लागौँ ।”

उहाँले आफ्नो पार्टीले थारु समुदाय मात्र नभई समग्र उत्पीडित समुदायका मुद्दा उठाइरहेको उल्लेख गर्नुभयो ।  पत्रकार सम्मेलनमा पार्टीसँग ‘जेनजी टु जिरोे’ बीच छबुँदे सम्झौता भएको जानकारी दिइएको थियो ।

उक्त जेनजी समूहले नागरिक उन्मुक्ति पार्टी नेपाललाई साझा पार्टीका रुपमा अंगाल्न तयार भएको संरक्षक चौधरीले जानकारी गराउनुभएको थियो । रासस