६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु



अ+ अ-

काठमाडौँ। मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि तीन दिने ‘एमबिएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो सुंस्करण सुरु भएको छ ।

सो कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित विषयमा केन्द्रित रही नवीन सोच खोज्ने र समाधानमा आधारित रही उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम सुरु भएको हो ।

यस कार्यक्रममा स्नातक तहका सूचना तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने नवप्रर्तकहरू सहभागी छन् ।

यसवर्ष पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचाना तथा खुला विषयवस्तुमा प्रतिस्पर्धीहरूलाई मञ्चमा प्रस्तुत गरी प्रतिस्पर्धा गराइने आयोजक मदन भण्डारी मेमोरियल कलेजले जनाएको छ ।

कार्यक्रममा सहभागीले आफ्ना नवीन सोचबारे ‘आइडिया’ प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसवर्ष १३८ समूहहरू दर्ता भएकामा प्रस्तुतिका लागि ३२ ओटा समूह छनोट भएको आयोजकले जनाएको छ ।

उत्कृष्ट आइडियाहरूलाई पुरस्कार, मार्गदशन तथा सहकार्यका लागि आवश्यक संस्थाहरूसँग समन्वय गरिने क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिनुभयो । रासस