काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिषा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सहसचिव भट्टराई , शाखा अधिकृत यज्ञ अर्याल , ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल सहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरेको छ ।
भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए।










