४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर

एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ ।

प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्लेफर्म नपाएका खेलाडीका लागि एनपिएल सुनौलो अवसर बनेको हो । साथै आर्थिक हिसाबले पनि खेलाडीको अवस्था मजबुद बनाउन सहयोग मिलेको छ ।

कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट पनि जडान गरिएको छ । घरेलु मैदानमै फ्लडलाइट पहिलोपटक प्रतियोगिता भएको हो । यसको अनुभव नेपाली खेलाडीले घरेलु मैदानमै गर्न पाए ।

एनपिएलमा धेरै नवप्रतिभाले पनि अवसर पाएका छन् । उनीहरुका लागि सुखद् पक्ष पनि हो । विदेशी खेलाडीबाट सिक्ने र अनुभव साटासाट गर्न समेत मिलेको छ । प्रत्येक टोलीको अन्तिम ११ मा चार जना खेलाडी खेल्ने गर्दछन् । जसले गर्दा मैदानमै उनीहरुबाट नेपाली खेलाडीले सिक्ने मौका मिलेको छ ।

फाइनल पुगेका सुदूरपश्चिम रोयल्सका युवा खेलाडी हिक्मत महरा एनपिएल खेल्न पाउँदा एकदमै खुसी देखिनुभएको छ । ट्यालेन्ट हन्टबाट छानिएका हिक्मतले पहिलोपटक कीर्तिपुर मैदानमा क्रिकेट खेलेका हुन् । उहाँले भन्नुभयो, “पहिलोपटक एनपिएलमार्फत कीर्तिपुर मैदानमा खेल्न पाउँदा निकै खुसी छु । विदेशी खेलाडीबाट अनुभव पनि लिन पाइयो ।”

चितवन राइनोजविरुद्ध डेब्यू गरेका हिक्मतले उक्त खेलमा विदेशी खेलाडी शैफ जैबको विकेट पनि लिए । उहाँले भन्नुभयो, “मेरो ड्रिम डेब्यू भएको छ । पहिलो खेलमै विदेशी खेलाडीको विकेट लिदा एकदमै खुसी छु ।

एनपिएलका साथै ग्रासरुट क्रिकेट पनि निरन्तर रूपमा भएमा नयाँ प्रतिभा अझै आउने हिक्मतको भनाइ छ ।

विराटनगर किङसका अलराउन्डर खेलाडी नरेन भट्ट पनि एनपिएलले नेपाली क्रिकेटको विकास र नवप्रतिभाका लागि राम्रो अवसर रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ खेलाडीका लागि सिक्ने र क्षमता देखाउने राम्रो अवसरका रूपमा एनपिएल रहेको छ, यहाँ राम्रो प्रदर्शन गर्न सके भविष्यको ढोका पनि खुल्छ ।”

नेपाली यु १९ राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालीसकेका नरेनले टिभीमा हेर्ने खेलाडीसँग खेल्न र अनुभव लिन पाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “टिभीमा हेर्ने खेलाडीसँगै खेल्न मिलेको छ । अनुभव साटासाट गर्न पाइएको छ । यो सिक्ने अवसर हो । यहाँ राम्रो खेल्नु हाम्रो लागि आवश्यक छ ।”

लुम्बिनी लायन्सका बलर अलराउन्डर शेर मल्ल एनपिएल राम्रो एक्सपोजर भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एनपिएल राम्रो एक्सपोजर हो । यहाँ हामीले राम्रो प्रदर्शन गर्न सक्नुपर्दछ । यहाँ राम्रो खेल्यौँ भने भोलि राष्ट्रिय टिममा पर्ने समभावना हुन्छ ।”

खेलाडीका लागि आर्थिक हिसाबले पनि एनपिएल राम्रो रहेको बताउदै उहाँले क्रिकेट खेलेरै पनि बाच्न सकन्छि भन्ने आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्रिकेट महङ्गो खेल छ । एनपिएलमा बोली लगाएर खेलाडी किनिने भएकोले खेलाडीको आर्थिक अवस्था पनि बढ्दै जान्छ । क्रिकेट खेलेर पनि बाच्न सकिन्छ भन्ने आधार हुन्छ ।”

नेपाली क्रिकेटकै ठुलो लिग खेल्न पाउँदा सुदूरपश्चिम रोयल्सका दीपक बोहरा पनि खुसी रहनुभएको छ । उहाँले भन्नुभयो, “ठुला खेलाडीसँगै खेल्न पाउँदा एकदमै खुसी छौँ । एनपिएलबाट राम्रो अनुभव हुँदैछ । धेरै कुरा सिक्न पाइरहेका छौँ ।”

पोखरा एभेन्जर्सबाट एनपिएल खेलेका किरण ठगुन्ना पनि एनपिएलबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एनपिएलबाट धेरै कुरा सिक्न मिलेको छ । विदेशी खेलाडी र नेपाली अग्रज खेलाडीसँग अनुभव साटासाट गर्न पाइयो ।”

नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पछिल्लो समय लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताउनुभयो । नेपाली क्रिकेटको यो स्वर्णीम युग हो । योभन्दा पहिला क्रिकेटको यो उचाइ पुग्न सकेको थिएन। उहाँले भन्नुभयो, “एनपिएलले क्रिकेट थप बलियो बनाउँदै खेलाडीलाई व्यवशायिक बनाउन मद्दत पुग्नेछ । साथै खेलाडी उत्पादनका लागि पनि महत्वपूर्ण छ । एनपिएलले नेपाली क्रिकेटको विकासमा थप टेवा पुर्याउनेछ ।”

जारी एनपिएलमा आठ टोली सहभागी छन् । जसमध्ये कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बाहिरिसकेका छन् ।

विराटनगर किङस र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भिड्दैछन् । आज जित्ने टोली मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग फाइनलमा खेल्नेछ ।