४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन

एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन
अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए ।

दर्शकको उल्लेख्य उपस्थिति रहेको लिग चरणका २८ खेलमध्ये १५  खेलमा दोस्रो पारीमा ब्याटिङ गर्ने टोली विजयी भए भने १३ पटक पहिलो पारीमा ब्याटिङ गर्ने टोलीले जिते । प्रतियोगितामा हालसम्म विराटनगरले सबैभन्दा ठूलो स्कोर बनाएको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो भने पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ को उच्च योगफल बनायो । जनकपुरको उच्च योगफल चितवनविरुद्ध १८० रन रह्यो । साथै कर्णालीको उच्च योगफल पोखराविरुद्ध १६७ रन रहँदा लुम्बिनीको उच्च योगफल कर्णालीविरुद्ध १५८ रह्यो ।

जारी प्रतियोगितामा फराकिलो अन्तरले जित निकाल्नेमा अगाडि विराटनगर र काठमाडौँ रहे । विराटनगरले पोखरालाई र काठमाडौँले चितवनलाई समान ५३ रनको फराकिलो अन्तरले पराजित गरेका थिए । सुदूरपश्चिमले चितवनलाई ४९ रनको फराकिलो जित निकाल्दा चितवनले विराटनगरलाई ४८ रनले हराएको थियो । विराटनगरले एकै खेलमा सबैभन्दा बढी २१ अतिरिक्त रन खर्चियो । जनकपुरले पनि कर्णालीविरुद्ध १५ अतिरिक्त रन खर्चिँदा सुदू्रपश्चिम र जनकपुरले पोखराविरुद्धका खेलमा अतिरिक्त रनका रुपमा समान १४/१४ रन खर्चियो ।

ब्याटिङमा विदेशी खेलाडी हावी

हालसम्म खेलमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रह्यो । पोखरा एभेञ्जर्सका एडम रोसिङ्टनले सर्वाधिक ३२३ रन बनाए । उनले सात खेलमा एक शतक र दुई अर्धशतक बनाए । उनले सबैभन्दा बढी ३१ चौका प्रहार गरे ।

कर्णाली याक्सका मार्क वाट पनि ब्याटिङमा अब्बल रहे । उनले सात खेलमा एक शतक र एक अर्धशतकसहित २४६ रन बनाए । उनी लिग चरणमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने । उनले २१ छक्का प्रहार गरेका थिए । उनले लुम्बिनी लायन्सविरुद्ध मात्रै १२ छक्का प्रहार गरेका थिए ।

चितवन राइनोजका रवि बोपाराले पनि तीन अर्धशतकसहित २३७ रन बनाए । दुई सयभन्दा बढी रन बनाउनेमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका ओपनर बिनोद भण्डारी छन् । उनीहरुले क्रमशः २०८ र २०१ रन बनाए ।

नेपाली ब्याटरहरु कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, देव खनाल, गुलशन झा, आशिफ शेख, आरिफ शेख, भीम सार्कीलगायतले एकाध खेलमा राम्रो प्रदर्शन गरे पनि समग्रमा ब्याटिङमार्फत आफ्नो टोलीलाई उल्लेखनीय योगदान गर्न भने सकेनन् ।

ब्याटिङतर्फ स्ट्राइक रेटमा पनि विदेशी खेलाडी अगाडि देखिए । दुई वटा मात्रै खेल खेलेका विराटनगरका फाप डुप्लेसीले २१३.७९ को स्ट्राइकमा एक अर्धशतकसहित ६२ रन बनाए । लिग चरणका सबै खेल खेलेका हर्मित सिंहले १९३.७५ को स्ट्राइक रेटमा रन बनाए । पोखराका दान डाउथवेटले १८७.१७ को स्ट्राइक रेटमा रन बनाए । प्रतियोगितामा सबैभन्दा लामो साझेदारी १३२ रनको रह्यो । विराटनगरका लोकेश बम र मार्टिन गुप्टिलले पोखराविरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।

दुई शतक, ३७ अर्धशतक

प्रतियोगितामा हालसम्म दुई खेलाडीले मात्र शतक बनाएका छन् । पोखराका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध १०८ रन र कर्णाली याक्सका मार्क वाटले लुम्बिनीविरुद्ध ११४ रन बनाए ।

प्रतियोगितामा हालसम्म ३७ अर्धशतक प्रहार भएका छन् । कूल अर्धशतकमध्ये २७ विदेशी खेलाडीले बनाए । विदेशी खेलाडीमा रवि वोपाराले तीन, एडम रोसिङ्टनले तीन, प्रियाङ्क पञ्चालले दुई, मार्क वाटले दुई र सञ्जय कृष्णमूर्तिले दुई तथा बाँकी विदेशी खेलाडीले एक÷एक अर्धशतक बनाए । नेपाली खेलाडीतर्फ कुशल भुर्तेलले दुई अर्धशतक बनाए । साथै नेपाली खेलाडीहरु भीम सार्की, इशान पाण्डे, अर्जुन साउद, अनिल साह, बिनोद भण्डारी, बसिर अहमद, लोकेश बम र आशिफ शेखलले एक/एक अर्धशतक बनाए ।

२९ वटा डकआउट

प्रतियोगितामा १८ ब्याटर २९ पटक डकआउट अर्थात् शून्य रनमा आउट भएका छन् । जसमध्ये जोस ब्राउन, सुमित महर्जन र जर्ज मुन्से र  आशिफ शेख सबैभन्दा बढी तीन पटक डकआउट भए ।

बलिङमा चम्किएका नेपाली खेलाडी

जारी संस्करणमा ब्याटिङतर्फ औसत प्रदर्शनमा सीमित केही नेपाली खेलाडी बलिङमा भने चम्किए । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सात खेलमा १५ विकेट लिए । उनको प्रदर्शन टोलीलाई क्वालिफायरमा पु¥याउन महत्वपूर्ण रह्यो । लामिछाने इकोनोमीमा पनि अब्बल रहे । उनले पाँच दशमलव १० को औसतमा रन खर्चिए ।

सुदूरपश्चिमका अभिनाश बोहोराले पनि १४ विकेट लिँदै टोलीलाई क्वालिफायरमा पु¥याउन सहयोग गरे । उनको इकोनोमी सात दशमलव ८० रह्यो । काठमाडौँ गोर्खाजका लागि साहब आलमले १२ विकेट लिए । उनले पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६–२५ को उत्कृष्ट प्रदर्शन गरे । आलमको इकोनोमी छ दशमलव ३३ रह्यो ।

काठमाडौँका कप्तान करण केसीको प्रदर्शन पनि राम्रो रह्यो । उनले कुल १२ विकेट लिए । त्यसबाहेक पोरखाका धनञ्जय लक्षण, कामाठाडौँका मिलिन्द कुमार, लुम्बिनीका शेर मल्ल, सुदूरपश्चिमका हर्मित सिंह र कर्णाली याक्सका नन्दन यादवले समान १०/१० विकेट लिए । समग्रमा ब्याटिङमा चुकेका नेपाली खेलाडीले बलिङमा भने राम्रो प्रदर्शन गरेका छन् ।

त्यसैगरी सबैभन्दा बढी आउट गर्ने बलरबाहेकका खेलाडीमा सुदूरपश्चिमका बिनोद भण्डारी अगाडि छन् । उनले सात वटा क्याच लिए भने तीन वटा स्टमपिङ गरे । साथै पोखराका एडम रोसिङ्टनले चारवटा क्याच लिए भने तीन वटा स्टमपिङ आउट गरे । साथै काठमाडौँका जोन सिम्पसनले एउटा क्याच लिए भने चार वटा स्टमपिङ गरे ।

सबैभन्दा बढी क्याच लिने खेलाडीमा भने काठमाडौँका मिलिन्द कुमार र चितवनका कुशल मल्ल छन् । दुवैले आठ/आठ क्याच लिएका छन् । मिलिन्द कुमारले पोखराविरुद्धको खेलमा पाँच क्याच लिएका थिए । काठमाडौँका गेरार्ड इरामस र पोखराका कप्तान कुशल भुर्तेलले समान सात/सात क्याच लिएका छन् । ब्याटरहरु २०३ पटक क्याचमार्फत आउट भएका थिए । रासस