२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित



अ+ अ-

मकवानपुर। हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडा बजार एवम् सामरी, चौकीटोल, रातोमाटे र राप्तीरोड सडकमा आजदेखि दोस्रो चरणको सडक विस्तार कार्यलाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको उत्प्रेषण आदेशको पालना गर्दै थप सडक विस्तार गर्ने कार्यलाई आजदेखि स्थगित गरिएको बताउनुभयो ।

यसअघि सडक विभागले शनिबार त्रिभुवन राजपथको सामरी, चौकीटोल हुँदै रातोमाटे हेटौँडा बजारका साथै राप्तीरोडतर्फका ५३१ घरटहरा स्काभेटर प्रयोग गरी भत्काउन सुरु गरेको थियो । रासस