२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई औषधि व्यवसायीहरुको चेतावनीः मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ



अ+ अ-

काठमाडौँ । औषधि व्यवसायीहरुले औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् ।

आईतवार बिहान व्यवसायीहरुले विभागमा धर्ना दिएका हुन् । औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरुलाई पलायन गर्न खोजिएको आरोप लगाउनु भयो ।

उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गर्नुभयो । सरकारले मंसिर १७ गतेसम्म पनि आफूहरुका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरु खोलिरहेको बताउँदै आईतवार दिनको १ घण्टा, सोमवार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जुन औषधि ऐन, दफा ११ लाई संशोधन गरेर ल्याइसकेपछि हाम्रो व्यवसायलाई पलायन गर्न ल्याइएको उपदफाको विरुद्ध नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघहरु मिलेर संघर्ष समिति बनाएका छौँ । तत्कालीन अवस्थामा स्वास्थ्यमन्त्री प्रदीप पौडेल रही रहँदा यसबारे प्रोटेस्ट गराएका थियौँ । उहाँलाई जानकारी गराएक थियौँ । यो त अति नै क्रुर किसिमको नियम बनाएको रहेछ, एक हप्ताभित्र सम्बोधन गर्छौं भन्नुभएको थियो । मन्त्रीज्युलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छौँ । स्वास्थ्यमन्त्रीले २ गते पठाएको ध्यानाकर्षण पत्र ९ गतेसम्म पनि पाउनुभएको रहेनछ । म सम्बोधन गर्छु भन्नुभएको थियो । १० दिनको अल्टिमेटम दिएका थियौँ । ११ गते बाध्य भएर एक घण्टाको मौन धारण गरेका थियौँ । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर काम गरिरहेका छौँ । आज हाम्रा सम्पूर्ण औषधि पसलहरु ११ देखि १२ बजेसम्म सटर डाउन भएका छन् । आज पनि माग पूरा भएनन् भने भोलि दुई घण्टा, पर्सि तीन घण्टा गरेर क्रमशः १६ गतेसम्म माग सम्बोधन भएनन् भने १७ गतेदेखि यो भन्दा कठोर निर्णय लिएर आन्दोलनमा उत्रिनेछौँ ।’

केही समय यता औषधि व्यवसायीहरुले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन् ।