१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घातक हुन्छः पूर्वमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौँ । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गर्नुभएको छ ।

शनिवार जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत दिनुभयो । जलस्रोतविद् समेत रहनुभएका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रश्ताव राख्नेहरुले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो । उहाँले सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याउनु भयो ।

पूर्वमन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हँुदा त देखिहाल्नु भयो– कस्ता कस्ता रहेछन यहाँ ओली र देउवा । अव प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरुले भारतमा लगेर मिसाईदिउँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन । चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एण्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो । नेपालमा स्थिर सरकार आउनका लागि अरु नै उपायहरु छन । यसले स्थिर सरकार ल्याउँदैन, निरकंशता जन्माउँछ । यो बहसमा हामी अघि बढि नै ओर्लनुपर्ने हुन्छ । नत्र देशनै हिँडने स्थिति आउन सक्छ ।’

त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरुले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाउनु भयो ।