काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो ।
अब शुक्रबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक सानेपास्थित मुख्यालयमा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर ११ गते बिहीबार दिनको २ः०० बस्ने भनिएको बैठक २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” उनले भनेका छन् ।










